Breaking News

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटना, ८ घाइते

काठमाडौं। नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो बिहीबार साँझ शिवपुरी गाउँपालिका-५ कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन्।

घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ लगिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटना हुँदा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका हुन्।

उनीहरूको टाउको, छातीमा चोट लागेकाले उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभय‍ो।

दुर्घटनामा परेर घाइते भएका इन्द्रकुमार तामाङ, रप्सागी तामाङ, सुशीला र टेकबहादुर विष्टको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ।

बाप्र०३–००१ज ७७७ नम्बरको सुमो शिवपुरी-५ स्थित कुखुरेको ओरालोमा ब्रेक फेल भएका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

गाडीका चालक दुप्चेश्वर गाउँपालिका-४ का आइत लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ।...

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

धनुषा।  नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन...

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

वीरगञ्ज। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर निर्वाचनको तयारी अघि बढिरहेको बताउनुभएको छ। पर्सा र बारा...

हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा

हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने...