Breaking News

भारतले जिम्बाबेलाई हरायो, दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं। टी–२० विश्वकपको सुपर आठमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको छ।

चेन्नाइमा भारतले दिएको २५७ रनको लक्ष्य पछाएको जिमब्बेले २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन बनाएको थियो।

जिम्बाबेका लागि ब्रियन मेयर्सले सर्बाधिक अविजित ९७ रन बनाए भने कप्तान सिकन्दर राजाले ३१ रन बनाएका थिए। त्यस्तै भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिए भने वरुण चक्रवर्ती, अक्सर पटेल र शिभम दुवेले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २५६ रन बनाएको थियो। भारतका लागि अभिषेक शर्माले सर्बाधिक ५५, हार्दिक पाण्डेयले अविजित ५०, तिलक बर्माले अविजित ४४, इशान किशनले ३८, कप्तान सुर्यकुमार यादवले ३३ र संजु सामसनले २४ रन बनाए।

त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी, टिनोटेन्डा मापोसा र सिकन्दर राजाले एक एक विकेट लिए। यो जितपछि भारत सेमिफाइनलको दौडमा फर्किएको छ।

दक्षिण अफ्रिकासँग पहिलो खेलमा हार बेहोरेको भारतको २ खेलमा २ अंक भएको छ र हाल समूह १ मा तेस्रो स्थानमा रहेको छ। अब भारतले आफ्नो सुपर आठको अन्तिम खेल वेस्ट इन्डिजसँग खेल्ने छ।

जिम्बाबे भने लगातार दोस्रो हार बेहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ। सुपर आठको अन्तिम खेल अब दक्षिण अफ्रीकासँग खेल्ने छ। प्रतियोगिता अन्तरगत आज इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन्।

सम्बन्धित समाचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ।...

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

धनुषा।  नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन...

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

वीरगञ्ज। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर निर्वाचनको तयारी अघि बढिरहेको बताउनुभएको छ। पर्सा र बारा...

हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा

हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने...