विश्वकपको सुपर एटमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै
काठमाडौं। आईसीसी टी–ट्वेन्टी विश्वकप अन्तर्गत सुपर एटमा आज इङ्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
श्रीलंकाको आर प्रेमादासा स्टेडियम कोलम्बोमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ।
सुपर एटको पहिलो खेलमा श्रीलंकालाई ५१ रन र दोस्रो खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङ्ल्याण्ड अन्तिम खेल अगाडिनै सेमिफाइनल पुगिसकेको छ।
२ पटकको विजेता इङ्ल्याण्ड अपराजित रहँदै नकआउट पुग्ने लक्ष्यमा छ। न्युजिल्याण्डका लागि भने यो खेल नै सेमिफाइनलको महत्वपूर्ण खेल हो। पहिलो खेलमा वर्षा बाधक बन्दा पाकिस्तानसँग १ अंक बाँडेको न्युजिल्याण्डले दोस्रो खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो।
२ खेलबाट ३ अंक जोडे पनि ढुक्क हुने अवस्था भने छैन। जितले न्युजिल्याण्डलाई समूह २ को विजेता बनाउने छ। तर इङ्ल्याण्डसँग हारेको खण्डमा अर्को खेलमा श्रीलंकाविरुद्ध पाकिस्तानको हारले मात्र न्युजिल्याण्डलाई अन्तिम ४ को ढोका खुल्नेछ।
यसर्थ यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। इङ्ल्याण्ड र न्युजिल्याण्डबीच अहिलेसम्म ट्वेन्टी ट्वेन्टी ढाँचामा ३० खेल भएका छन्।
जहाँ इङ्ल्याण्डले १६ खेल जित्दा १० खेल न्युजिल्याण्डले जितेको छ। १ खेल बराबरी हुँदा ३ खेल नतिजाविहीन छ।
२०२१ को विश्वकप सेमिफाइनलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई हराएर पहिलो पटक फाइनलमा स्थान बनाएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...
भारतले जिम्बाबेलाई हरायो, दक्षिण अफ्रिका सेमिफाइनलमा
काठमाडौं। टी–२० विश्वकपको सुपर आठमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको छ। चेन्नाइमा भारतले दिएको २५७ रनको लक्ष्य पछाएको...
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण...
विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त
काठमाडौं। आईसीसी टी २० विश्वकपको सुपर ८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७...




