Breaking News

सुनको भाउ घट्यो, आज कति छ मूल्य?

काठमाडौं। गएका चार दिनमा १० हजार सात सय बढेको सुनको मूल्य आज भने घटेको छ। प्रतितोला ५ सय रुपैयाँ घटेर सुनको भाउ आज तीन लाख १४ हजार नौसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा ६ सय बढेर सुनको भाउ तीन लाख १५ हजार चारसय रुपैयाँ पुगेको थियो।

गएको आइतबारदेखि मंगलबारसम्म लगातार बढेको सुनको मूल्य बुधबार भने स्थिर थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ। चाँदीको भाउ आज तोलाको पाँच हजार सातसय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

सम्बन्धित समाचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ।...

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

धनुषा।  नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन...

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

वीरगञ्ज। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर निर्वाचनको तयारी अघि बढिरहेको बताउनुभएको छ। पर्सा र बारा...

हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा

हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने...