तालिवानका २७ सैन्य चौकी नष्ट गरेको पाकिस्तानको दाबी
काठमाडौं । पाकिस्तानले अफगान तालिवानका २७ सैन्य चौकी नष्ट गरेको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता मुशर्रफ जैदीले पाकिस्तानी सेनाको आक्रमणबाट अफगान तालिवानका २७ सैन्य चौकी नष्ट भएका दाबी गरेका हुन् ।
उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् बयान जारी गर्दै अफगान तालिवानका नौ सैन्य चौकीलाई पाकिस्तानी सेनाले कब्जा गरेको पनि उल्लेख गरेका छन् । जैदीले पाकिस्तानी सेनाले अफगान तालिवानका ८० भन्दा बढी ट्यांक, तोप र बख्तरबन्द बाहन पनि नष्ट गरेको दाबी गरेका छन् ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’ घोषणा गरेका थिए ।
प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता जैदीले शुक्रबार बिहान ३ः४५ बजेसम्मको घटनाक्रमको अपडेट दिँदै एक्समा लेखेका छन्, ‘आक्रामकताविरूद्ध पाकिस्तानको तत्काल र प्रभाकारी प्रतिक्रिया जारी छ ।’
पाकिस्तानी सेनाको आक्रमणमा अफगान तालिवानका १३३ सदस्य मारिएका र दुई सयभन्दा बढी घाइते भएका पनि उनको दाबी छ ।
उता तालिवानको रक्षा मन्त्रालयले बिहीबार राति १९ पाकिस्तानी सैन्य चौकी र अन्य दुई ठेगाना कब्जा गरिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार ५५ पाकिस्तानी सैनिक मारिएका छन् ।
तर, यी आंकडाहरूको स्वतन्त्र ढंगबाट पुष्टि गर्न कठिन रहेको बीबीसी हिनदीले उल्लेख गरेको छ । झडपका दौरान दुवै पक्ष एक–अर्कालाई ठूलो क्षति पुर्याइएको दाबी गर्दै आएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अफगानिस्तानको आक्रमणको जवाफ दियौँः पाकिस्तानी अधिकारी
पाकिस्तानी प्रधानमन्त्रीको विदेशी मिडियाका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानले अफगानिस्तानको उक्साहटपूर्ण गोलीबारीको तत्काल र प्रभावकारी जवाफ दिएको बताउनुभएको छ ।...
पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सररेक्सन) को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएकोमा विशेष अभियोजक (स्पेसल काउन्सेल) ले बुधवार...
टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु
टर्कीको पश्चिमी बालिकेसिर प्रान्तमा बुधवार टर्कीको वायुसेनाको एक एफ–१६ फाइटर जेट दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा जेटका पाइलटको...
ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल...




