मधेस

सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु

काठमाडौं। सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु भएको छ।

रूपन्देहीको देवदह नगरपालिका-५ खैरेनीमा पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

खाल्डोमा जमेको पानीमा डुबेर बुटवल उपमहानगरपालिका-१२ तामनगर बस्ने सुशिला पौडेलका छोराअन्दाजी २ वर्षीय सम्रात पौडेलको मृत्यु भएको हो।

पानीमा डुबेर गम्भीर बिरामी परेका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि सर्लाही सदरमुकाम मलंगवामा पनि पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मलंगवा नगरपालिका-१ ब्रहम्स्थान नजिकै रहेको पोखरीमा डुबेर स्थानीय ४५ वर्षीय जितु चन्द रामको मृत्यु भएको हो।

बिहीबार पोखरीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

वीरगन्जमा लाग्यो कर्फ्यु

वीरगन्जमा लाग्यो कर्फ्यु

काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी...

गौरमा आज पनि ‘कर्फ्यु’

गौरमा आज पनि ‘कर्फ्यु’

काठमाडौँ। शनिबार दिउँसो १ बजेदेखि रौतहटको सदरमुकाम गौर नगर क्षेत्रभित्र लगाइएको ‘कर्फ्यु’ आज पनि जारी छ। अत्यावश्यक कामका लागि...

कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना

कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना

काठमाडौं। दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि रौतहटको सदरमुकाम गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण बाहिर जान...

सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण

सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण

काठमाडौँ। मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा कहिल्यै पनि विचलित हुनु नहुने बताउनुभएको छ...