Breaking News

हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानबिन गर्ने बताउनुभएको हो।

सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर गर्नुुभयो।

सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिनुभयो।

उहाँले भन्नुभयो,‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ। यो नेपाली काँग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छं। त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानत्रिन शुरु गर्छ। आफ्नो बा भएपनि छोडदैन। एउटा, एउटा कुराको छानबिन गर्छ। एउटा एउटा काण्डको छानबिन गर्छ। र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न।’

 

सम्बन्धित समाचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ।...

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

धनुषा।  नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन...

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

वीरगञ्ज। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर निर्वाचनको तयारी अघि बढिरहेको बताउनुभएको छ। पर्सा र बारा...

औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया

औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। बजेट तर्जुमा अघि राजस्व नीति,...