गरगहना र नगद चोरी गरेर बेचेको आरोपमा पाँच पक्राउ
काठमाडौं। काठमाडौँका विभिन्न स्थानमा गरगहना तथा नगद चोरी गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका १ घर भइ काठमाडौँको टोखा नगरपालिका बानियाँटार बस्ने वर्ष २९ को डिलबहादुर घले, गोरखाकै अजिरकोट गाउँपालिका ४ घर भइ धापासी बस्ने वर्ष ३७ की तारा लामिछाने, सोही ठाउँका वर्ष ३८ को सविन लामिछाने, नुवाकोटको विदुर नगरपालिका ४ घर भइ ४ धापासी स्थित न्यू पवित्र सुनचाँदी पसल सञ्चालन गरी बस्ने वर्ष ३९ को विनोद सुनार र चितवनको भरतपुर महानगरपालिका घर भइ जिल्ला काठमाडौँ महानगरपालिका २६ स्थित सुनचाँदीको गहना बनाउने कारखाना सञ्चालक वर्ष ४२ को सूर्य गजमेर रहेका छन्।
यही फागुन ९ गते काठमाडौँ महानगरपालिका २६ सरकारी धारा नजिकै डेरा गरी बस्ने व्यक्तिको डेराकोठा फोडी सुन, चाँदी, डाइमण्ड, नगद लगायत चोरी भएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो।
सोही क्रममा ढल्कुस्थित सडक खण्डमा डिल बहादुर घले नाम बताउने व्यक्तिलाई उक्त चोरीको क्रममा संलग्न देखिएको बा. ३६ प ८८१४ नं. को २२० सीसीको पल्सर मोटरसाइकलमा फेला पारी पक्राउ गरेको हो।
सोधपुछ गर्दा चोरी गरिएका सामानहरू विभिन्न व्यक्ति, सुनचाँदी पसलमा बिक्री गरेको तथा नक्कली गरगहना भनि खोलामा समेत फालेको प्रहरीलाई बताएका थिए।
पक्राउ परेका व्यक्तिहरूबाट डिल बहादुर घलेले चलाएको बा. ३६प ८८१४ नं. को २२० सीसीको पल्सर मोटरसाइकल, विनोद सुनारको पसलमा फेला परेको सुनको जस्तो देखिने औंठी थान – १ र सुनको जस्तो देखिने स-साना टुक्राहरू थान – ४, सूर्य गजमेरको कारखानामा फेला परेको चाँदीको जस्तो देखिने लाम्चो चारपाट्टे आकारको धातु थान – १ तथा तारा लामिछानेको साथमा फेला परेको पहेँलो रंगको धातुको बाला थान – १ प्रहरीले बरामद गरेको छ।
यस्तै, विष्णुमती खोलामा फेला परेको सामानहरूमा पहेँलो धातुको तिलहरी थान – १, पहेँलो धातुको सिक्री थान – १, पहेँलो धातुको बालाको टुक्रा थान – २, पहेँलो धातुको कानमा लगाउने ढुंग्री थान – २, पहेँलो धातुको चन्द्रमा थान – १, पहेँलो धातुको हार थान – २, पहेँलो धातुको बाला थान – २, पहेँलो धातुको बालाको टुक्रा थान – २ पहेँलो धातुको औँठी थान – १ (एक), नीलो पत्थर जडित पहेँलो धातुको झुम्का थान – १, रातो नीलो पत्थर जडित पहेँलो धातुको क्लिप थान – १, रातो नीलो हरियो पत्थर र सेतो मोती जस्तो देखिने जडित पहेँलो रंगको घौ थान – १, १३. चित्र भएको पहेँलो रंगको जाली लकेट थान – १, रातो र नीलो पत्थर जडित पहेँलो धातुको झुम्का थान – १ (एक), पहेँलो धातुको सोली थान – २ र पहेँलो धातुको काँडा भएको नौ गेडी थान – ९ रहेका छन्।
चोरीमा संलग्न ५ जनालाई काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जनाएका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने
धनुषा। नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन...
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। बजेट तर्जुमा अघि राजस्व नीति,...
सुनको भाउ घट्यो, आज कति छ मूल्य?
काठमाडौं। गएका चार दिनमा १० हजार सात सय बढेको सुनको मूल्य आज भने घटेको छ। प्रतितोला ५ सय रुपैयाँ...
पर्वतमा किसानको गोठमै पुगेर गाईभैसीको परीक्षण, अधिकांशमा थुनेलो
पर्वत। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ ।...




