जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने
धनुषा। नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा आज जारी सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते मङ्गलवारदेखि फागुन २१ गते बिहीवारसम्म (तीन दिन) भङ्गाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो।
उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ।
साथै फागुन २२ गते शुक्रवारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ। रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ।...
निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग
वीरगञ्ज। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर निर्वाचनको तयारी अघि बढिरहेको बताउनुभएको छ। पर्सा र बारा...
हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने...
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। बजेट तर्जुमा अघि राजस्व नीति,...




