विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ।
शुक्रबार क्यानले तयारी क्याम्पका लागि २० खेलाडी छनोट गरेको प्रवक्ता छुम्बी लामाले जनाएका छन्। रोहित पौडेलको नेतृत्व छनोट गरिएको प्रारम्भिक टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन्।
त्यस्तै, कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी छनोट भएका छन्।
भारत र श्रीलंकामा जारी टी-२० विश्वकप खेलेर फर्किएको नेपाली टोलीका सदस्य लोकेश बम र सन्दीप जोरा भने प्रारम्भिक टोलीमा परेका छैनन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा प्रतियोगिता हुन लागेको हो। नेपाल, ओमन र यूएई सम्मिलित हुने प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म नेपालमा हुनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
विश्वकपको सुपर एटमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै
काठमाडौं। आईसीसी टी–ट्वेन्टी विश्वकप अन्तर्गत सुपर एटमा आज इङ्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। श्रीलंकाको आर प्रेमादासा स्टेडियम कोलम्बोमा हुने...
भारतले जिम्बाबेलाई हरायो, दक्षिण अफ्रिका सेमिफाइनलमा
काठमाडौं। टी–२० विश्वकपको सुपर आठमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको छ। चेन्नाइमा भारतले दिएको २५७ रनको लक्ष्य पछाएको...
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण...
विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त
काठमाडौं। आईसीसी टी २० विश्वकपको सुपर ८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७...




