आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार कोलोम्बोमा भएको खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी भयो।
योसँगै इंग्ल्यान्डले समूह २ को विजेताका रूपमा भारत गएर सेमिफाइनल खेल्नेछ। यो नतिजाले पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै रहेको छ।
२ खेलबाट १ अंक मात्र जोडेको पाकिस्तानले अब अन्तिम खेलमा श्रीलंकालाई हराएर नेट रनरेटमा न्युजिल्यान्डलाई उछिन्नुपर्नेछ। न्युजिल्यान्डको ३ अंक छ भने इंग्ल्यान्डको ६ अंक भइसकेको छ ।
शुक्रबार कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले दिएको १६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो। ३ ओभरमा ४३ रन आवश्यक रहेको अवस्थाबाट विल ज्याक्स र रेहान अहमदले १६ बलमा अविजित ४४ रनको साझेदारी गरे।
१८औं ओभरमा ग्लेन फिलिप्सले २२ रन बेहोरे भने १९औं ओभरमा कप्तान मिचेल सान्टनरले १६ रन बेहोरेपछि अन्तिम ओभरमा ५ रन आवश्यक थियो । ज्याक्सले १८ बलमा अविजित ३२ रन बनाए भने रेहानले ७ बलमा १९ रन बनाए ।
इंग्ल्यान्डले सुरुवाती २ ओभरभित्रै २ विकेट गुमाएको थियो । टम बेन्टनले ३३ रन बनाए भने कप्तान ह्यारी ब्रूकले २६ अनि ज्याकब बेथेलले २१ रन बनाए ।
न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ३ विकेट लिँदा म्याट हेनरी, लकी फर्गुसन र ग्लेन फिलिप्सले १(१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए भने ओपनर टिम सेफर्टले ३५ रन बनाए ।
इंग्ल्यान्डका आदिल राशिद, विल ज्याक्स र रेहान अहमदले २(२ विकेट लिए भने लियाम डसनले १ विकेट लिए ।
अब यो समूहमा श्रीलंका र पाकिस्तानबीचको खेल बाँकी छ । पाकिस्तानले कम्तीमा ६४ रन वा १३।१ ओभरमा लक्ष्य पूरा गर्दा न्युजिल्यान्डलाई नेट रनरेटमा उछिन्नेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका...
हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताउनुभएको छ। सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...
यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि
आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ । मन्त्रालयका...
१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?
काठमाडौँ। परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले आइतबार...




