Breaking News

प्रधानमन्त्री ताकाइचीको नेतृत्वमा दक्षिणपन्थी बहावको चेतावनी

जापानी विद्वानहरू, विपक्षी राजनीतिज्ञहरू तथा टिप्पणीकारहरूले प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा जापानी राजनीति तथा समाजमा बढ्दो दक्षिणपन्थी ९राइट–लिनिङ० प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले यो दिशालाई खतरनाक ठानेका छन् र यसलाई व्यापक जनताको निगरानी आवश्यक रहेको बताएका छन् । टोकियोमा आयोजित एक सेमिनारमा बोल्दै आओयामा गाकुइन विश्वविद्यालयकी प्राध्यापक एमेरिटस कुमिको हाबाले जापानी राजनीति र समाजमा बढ्दो दक्षिणपन्थी प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै विभिन्न क्षेत्रहरूलाई शतर्क रहन आग्रह गर्नुभयो । सामाजिक प्रजातान्त्रिक पार्टीकी नेता तथा हाउस अफ काउन्सिलर्सकी सदस्य मिजुहो फुकुशिमाले ताकाइचीले हतियार निर्यातमा पाँच श्रेणीको सीमा हटाउने, राष्ट्रिय सुरक्षा रणनीति लगायत तीनवटा राष्ट्रिय सुरक्षा दस्तावेज संशोधन गर्ने तथा लामो समयसम्मको युद्धको तयारी गर्ने कदमहरूलाई आश्चर्यजनक र चिन्ताजनक बताउनु भयो ।

राजनीतिक टिप्पणीकार माकोटो साताकाले ताकाइचीको दक्षिणपन्थी नेतृत्वमा सत्तामा आउनुले अत्यन्त खतरनाक स्थिति सिर्जना गरेको बताउनु भयो । वकिल हितोमी सुगिउराले प्रधानमन्त्री ताकाइचीको ताइवानसँग सम्बन्धित टिप्पणी तथा जापानको सैन्य क्षमता विस्तार गर्ने प्रयासको आलोचना गर्दै यस्ता कार्यहरू जापानको हितमा नभएको बताइन्। उनले जापानले आफ्नो विगतका आक्रामक युद्धहरूको गम्भीर समीक्षा गर्नुपर्ने र चीनसँग निर्माण गरेको सम्बन्धलाई महत्व दिनुपर्ने जोड दिनुभयो ।

गत वर्ष नोभेम्बर ७ मा डाइट बैठकमा ताकाइचीले चिनियाँ मुख्य भुमिले ताइवानमाथि बल प्रयोग गरेमा यो जापानका लागि जीवन–मरणको स्थिति हुनसक्ने दाबी गर्नुभयो । फेब्रुअरी २० मा नीति भाषणमा उनले संविधान संशोधन गर्ने दृढ संकल्प दोहो¥याउँदै जापानको रक्षा क्षमता मूल रूपमा सुदृढ गर्ने, घातक हतियार निर्यात विस्तार गर्ने तथा राष्ट्रिय खुफिया कार्यहरू वृद्धि गर्ने योजना प्रश्तुत गर्नुभयो । यी कदमहरूले जापानी समाजमा व्यापक आलोचना र चिन्ता उत्पन्न गरेको छ ।

सम्बन्धित समाचार

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...