Breaking News

लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर

काठमाडौँ। निर्वाचन आयोगले लैङ्गिक समावेशिता सम्बन्धी नीति कार्यान्वयन गर्दै निर्वाचन प्रक्रियाका प्रत्येक चरणमा महिला सहभागितालाई प्राथमिकतामा राखेको छ । संविधान र कानूनले निर्देशित गरे बमोजिम समावेशी निर्वाचन गराउन राजनीतिक दल, मतदान केन्द्र तथा आयोगमा लैगिक सम्पर्क व्यक्ति तोकेको छ । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै आयोगका आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले संविधान र कानूनले निर्देश गरे बमोजिम आयोग लैङ्गिक समावेशी निर्वाचन गराउन सदैव प्रतिवद्ध रहेको बताउनुभएको हो ।

आयुक्त डाक्टर तुलाधरले निर्वाचन आयोगले प्रत्येक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिको रूपमा महिलालाई नै पठाउन पनि अनुरोध गरेको पनि स्पष्ट पार्नुभयो । आयोगको पहलका कारण अहिले अधिकांश दलहरूमा महिला नै सम्पर्क व्यक्तिको रूपमा रहेको पनि उहाँले बताउनु भयो । ६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना सम्पर्क स्थापित गर्नेगरी आयोगले ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकेको डाक्टर तुलाधरले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लैङ्गिक समावेशिताको कुरालाई सम्बोधन गर्दै आयोगले ६ हजार ७ सय ४३ वटै मतदान केन्द्रमा सूचना संप्रेषणका लागि ७ सय ५३ स्थानीय तहमो लैंगिक सम्पर्क व्यक्तिलाई राखेका छौँ । हामीले आयोगमा पनि लैंगिक सम्पर्क व्यक्ति राखिएको छ । लैङ्गिक समावेशिताको दृष्टिले कहीँ कतै आयोग नचुकोस् भन्नको लागि हामी सचेत छौँ । राजनीतिक दलहरुलाई पनि लैंिगक सम्पर्क व्यक्ति राख्न भनेका छौँ । उहाँहरुले त्यहीअनुसार व्यवस्था पनि गर्नुभएको छ । हामीले यसअघि २०७९ को निर्वाचनमा पनि भएसम्म हामीले महिलालाई नै मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएका थियौँ । छौँ । अहिले पनि हामीले महिला निर्वाचन अधिकृतहरुलाई परिचालन गर्ने सन्दर्भमा उच्च प्राथमिकता दिएका छौँ । यो एउटा महत्वपूर्ण उदाहरण छ । अर्को मात्रै यहाँले सुनिरहनुभएको पनि छ मतदाता शिक्षाको लागि हामीले ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेविका महिलालाई नै परिचालन गरेका छौँ । त्यसैले लैंगिक समावेशिता पालना गर्ने कुरामा आयोग सदैव प्रतिवद्ध रहेको छ भन्ने विश्वस्त दिलाउन पनि चाहन्छु ।’

उहाँले मतदान केन्द्रहरुलाई पनि महिला तथा अपाङ्गता मैत्री बनाउनेमा आयोग सचेत अनि गम्भीर रहेको स्पष्ट पार्नुभयो । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जना मुख्य निर्वाचनअधिकृत र १८ जना निर्वाचन अधिकृत गरी २१ जना महिला निर्वाचन अधिकृत खटिएका छन् ।–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...