कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट
काठमाडौं। इरानले बहराइन, कुवेत, यूएई र कतारमा मिसाइल प्रहार गरेको छ । बहराइनमा विस्फोट भइरहेको रिपोर्टहरू प्राप्त भएका छन्।
रोयटर्स समाचार एजेन्सीका अनुसार बहराइनको जुफैर क्षेत्रबाट धुवाँ निस्किएको देखिएको छ । यहाँ अमेरिकी नौसेनाको आधार शिविर रहेको छ।
यसअघि, बहराइनको गृह मन्त्रालयले आपत्कालीन चेतावनी जारी गर्दै नागरिकहरूलाई नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।
बहराइनले त्यहाँस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लिटको मुख्यालयलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको पुष्टि गरेको छ।अल जजीराले कुवेतमा पनि विष्फोटको आवाज सुनिएको जनाएको छ।
कतारले मोबाइल उपकरणहरूमार्फत् चेतावनी जारी गर्दै सबै नागरिकहरूलाई घरमा वा अन्यत्र जहाँ भए पनि सुरक्षित रहन र सैन्य आधार शिविरहरू बाट टाढा रहन र घरभित्रै बस्न आग्रह गरेको छ।
कतारमा अमेरिकाको अल उदेद एयर बेस रहेको छ । कतारको हवाइ क्षेत्रमा प्रवेश गरेको इरानी मिसाइललाई रोकिएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार प्याट्रियट रक्षा प्रणालीले एक इरानी मिसाइललाई इन्टरसेप्ट गरेको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा ठूलो विष्फोट भएको खबर प्राप्त भएको छ ।क्षेत्रीय तनाव चुलिएका बेला कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...
केही दिन राहदानी वितरण बन्द हुने
काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




