दुबई, दमाम र दोहा गन्तव्यका सबै उडान रद्द
हिमालय एयरलाइन्सले दुबई, दमाम र दोहा गन्तव्यका सबै उडानहरू रद्द गरेको छ ।
शनिबार एक सूचना जारी गर्दै एयरलाइन्सले मध्यपूर्वी आकाश मार्गमा जारी परिस्थितिका कारण उडानहरू अर्को सूचना नभएसम्मका लागि रद्द गरिएको जानकारी गराएको हो ।
‘मध्यपूर्वी आकाश मार्गमा जारी परिस्थितिका कारण दुबई, दमाम र दोहा गन्तव्यका हाम्रा सबै उडानहरू अर्को सूचना नभएसम्मका लागि रद्द गरिएको जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ ।
एयरलाइन्सले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै साथ र सहयोगका लागि आभारी प्रकट गरेको छ ।
थप जानकारीका लागि आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट नियमित रूपमा अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...
केही दिन राहदानी वितरण बन्द हुने
काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




