Breaking News

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको जित हासिल नभएपछि पाकिस्तान सुपर आठबाटै घर फर्किएको हो ।

पाकिस्तान बाहिरिएसँगै सुपर ८ को समूह २ बाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो समूहबाट इंग्ल्यान्ड ३ जितसहित यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । न्युजिल्याण्डले पाकिस्तानलाई रनरेटमा पछि पार्दै सेमिफाइनलमा पुगेको हो । पाकिस्तान सेमिफाइनलमा पुग्नका लागि श्रीलंकालाई १४७ रनभन्दा कम योगफलमा रोक्नु पर्ने थियो । तर श्रीलंकाले उत्कृष्ट ब्याटिङ गरेपछि पाकिस्तान बाहिरिएको हो । यदपी श्रीलंकामाथि पाकिस्तानले ५ रनको जित निकालेको छ ।

पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याएको श्रीलंका २०७ रनमा समेटियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै श्रीलंकाले उक्त स्कोर बनाएको हो । श्रीलंका लागि कप्तान दासुन शनाकाले शानदार ब्याटिङ गर्दै ३१ बलमा ७६ रन बनाए । यस्तै पवन रथनायकेले ५८, कामिल मिश्राले २६ र चारिथ असलंकाले २५ रनको योगदान दिए ।

पाकिस्तानका अबरार अहमदले शानदार बलिङ गर्दै तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्रै २३ रन खर्चिए । यस्तै नसीम शाह, शाहीन अफ्रिदी, मोहम्मद नवाजले एक एक विकेट लिए ।

त्यसअघि पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। पाकिस्तानका लागि ओपनर साहिबजादा फरहान र फखर जमानले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई विशाल स्कोर तर्फ अघि बढाएका थिए ।

फरहानले ६० बलमा शतक प्रहार गरे । जसक्रममा उनले ९ चौका र ५ छक्का प्रहार गरे । ४२ बलको सामना गरेका जमानले ९ चौका र ४ छक्कासहित ८५ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले तीन, दासुन शनाकाले दुई र दुष्मन्थ चमेराले एक विकेट लिए ।

सम्बन्धित समाचार

अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान

अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका...

हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल

हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताउनुभएको छ। सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...

यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि

यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि

आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ । मन्त्रालयका...

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

काठमाडौँ। परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले आइतबार...