इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए। ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन।
इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।
तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ।
अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ। समाचार अनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए।
फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको छ। इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि भएको जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका...
हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताउनुभएको छ। सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...
यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि
आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ । मन्त्रालयका...
१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?
काठमाडौँ। परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले आइतबार...




