भारतको जीडीपी ७.८ प्रतिशतले बढ्यो
भारतको अर्थतन्त्रले अक्टोबर–डिसेम्बर अवधिमा ७.८ प्रतिशतको वृद्धि देखाएको छ । सरकारले जारी गरेको तथ्यांकअनुसार यो वृद्धि नयाँ जीडीपी शृंखलामा आधारित छ । जसले आधार वर्षलाई २०११–१२ बाट २०२२–२३ मा परिवर्तन गरेको छ ।
अघिल्लो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा अर्थतन्त्र ८.४ प्रतिशतले बढेको थियो । यो तथ्यांक नयाँ जीडीपी शृंखलामा आधारित पहिलो रिलिज हो ।
यसअनुसार उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रले अर्थतन्त्रको उत्कृष्ट प्रदर्शनमा प्रमुख भूमिका खेलेको छ यो मजबुत वृद्धिले भारतलाई प्रमुख अर्थतन्त्रहरू मध्ये सबैभन्दा छिटो बढ्ने मुलुकको रूपमा कायम राखेको छ । जसले घरेलु माग, सेवा क्षेत्र र उत्पादनको लचिलोपनलाई प्रतिबिम्बित गर्दछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका...
हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताउनुभएको छ। सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...
यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि
आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ । मन्त्रालयका...
१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?
काठमाडौँ। परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले आइतबार...




