अर्थ

७ महिनामा २ खर्ब ५५ अर्ब ऋण प्राप्ति

काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को माघ मशान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड बराबरको ऋण प्रप्ति गरेको छ। अर्थ मन्त्रालय मातहतको सार्वजिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब सार्वजिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा माघ मासान्तसम्ममा उक्त ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ४२.८९ प्रतिशत हो ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा माघ मसान्तसम्ममा १ खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भएको छ । यो अवधिसम्ममा कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ। जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.१९ ५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्व ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा माघ मसान्तसम्म २ खर्ब ३ अर्ब ६५ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४९.५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च ३.३३ प्रतिशत रहेको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

काठमाडौँ। परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले आइतबार...

नेप्से ०.७२ प्रतिशतले बढ्यो

नेप्से ०.७२ प्रतिशतले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.२७ अङ्कले बढेर दुई हजार ६७४.२ को बिन्दुमा कायम भएको छ। यो ०.७२...

११० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

११० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) आइतबार ११० अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि ८७ दिनका लागि राष्ट्र बैंकले...

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ। प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता...