१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?
काठमाडौँ। परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका शाखाका सहसचिव रामकाजी खड्काले मध्यपूर्व क्षेत्रमा १७ लाख २९ हजार २८८ जना नेपाली रहेको बताउनुभएको छ।
खड्काका अनुसार इरानमा रहेका १० मध्ये चारजना फर्किसकेका छन्। अहिले त्यहाँ ६ नेपाली छन्। इजरायलमा ६ हजार ५०० नेपाली छन् भने इजिप्टमा ५०० छन्। यस्तै ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा एक लाख ७५ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५ जना छन्। यस्तै बहराइनमा २८ हजार, लेबनान एक हजार ५०० इराकमा ३० हजार, संयुक्त अरब इमिरेट्समा करिब सात लाख र साइप्रसमा १७ हजार जना छन्।
खड्काले त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि ‘र्यापिड एक्सन टिम’ गठन गर्ने तयारी भएको जानकारी दिनुभयो। तत्कालका लागि परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका राजदूतावास तथा नियोगबाट ‘ट्राभल एड्भाइजरी’हरू जारी गरेर सचेत गराएको बताउनुभयो।
यसैगरी उहाँले ती मुलुकका सरकारले दिएका सुरक्षा सतर्कता अपनाउन पनि भनेको उहाँले बताउनुभयो। ती मुलुकका राजदूत र नियोगप्रमुखबीच घटनाक्रमबारे अपडेट गर्न ह्वाट्सएपमार्फत सहकार्य भइरहेको जानकारी दिनुभयो।
खड्काले नेपालीहरूको अवस्था र उनीहरूलाई उद्धार गर्नुपर्ने प्रयोजनका लागि कन्सुलर विभागमार्फता रजिष्ट्रसन प्लाटफर्म बनाएको जानकारी दिनुभयो। उहाँले युद्धको अवस्था हेरेर नेपालीको उद्धारका लागि छिमेकी मुलुकसँग सहकाार्य गर्ने विषयमा पनि छलफल गरिरहेको बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका...
हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताउनुभएको छ। सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...
यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि
आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ । मन्त्रालयका...
आज मध्य रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने
काठमाडौँ। आज राति १२ बजेदेखि अन्ताराष्ट्रिय सीमा जोडिएका जिल्लाका सीमा नाका बन्द हुने भएका छन्। विहीवार हुने प्रतिनिधिसभा निर्वाचनलाई...




