Breaking News

यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि

आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार यस आक्रमणमा हालसम्म १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनसँग यूएईको वायुसेना र वायु रक्षा प्रणालीले सामना गरेको जनाएको छ । यी घटनामा तीन जनाको मृत्यु भएको छ, जहाँ एक नेपालीको पनि मृत्यु भएको गल्फ न्युजले लेखेको छ ।

साथै विभिन्न राष्ट्रका ५८ जना सामान्य घाइते भएका उल्लेख छ । यद्यपि मृतक नेपालीको परिचय भने खुलाइएको छैन । मृत्यु हुनेमा एक जना बंगलादेशी र अर्का पाकिस्तानी भएको समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचार

अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान

अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका...

हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल

हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताउनुभएको छ। सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

काठमाडौँ। परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले आइतबार...

आज मध्य रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

आज मध्य रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

काठमाडौँ। आज राति १२ बजेदेखि अन्ताराष्ट्रिय सीमा जोडिएका जिल्लाका सीमा नाका बन्द हुने भएका छन्। विहीवार हुने प्रतिनिधिसभा निर्वाचनलाई...