Breaking News

हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताउनुभएको छ।

सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अतिवाद संस्थागत हुन नदिने बताउनुभयो। अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उहाँले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताउनुभयो।

’कांग्रेस अधिकारका लागि लामो समयदेखि बलिदान गरेको पार्टी हो’‚ उहाँले भन्नुभयो‘को पहिले जन्मियो त्यस आधारमा पुरानो हुँदैन। कांग्रेसलाई पहिले जन्मिएर नयाँ ढंगबाट नागरिकको विश्वास जितेर अघि बढेको रूपान्तरित पार्टीका रूपमा बुझ्नुपर्छ।’

सभामा बोल्दै महामन्त्री पौडेलले देशमा देखिएका समस्यासँग आफूहरूको लडाइँ रहेको बताउनुभयो।

‘हामी अर्कालाई आलोचना गर्न होइन गरिबी, बेरोजगारी, भ्रष्टाचार कुशासन परास्त गर्न चाहन्छौँ’‚ उहाँले भन्नुभयो,‘कांग्रेसले अब देशमा समस्याका रुपमा देखिएका यी सबै परास्त गरेर सुशासन र समृद्धिको नेतृत्व गर्न चाहन्छ।’

नेपाली कांग्रेस कमी कमजोरी स्वीकार गरेर अघि बढेको पार्टी भन्दै उनले नेतृत्व मात्र नयाँ नभई विषयगत रूपमा समेत प्रष्ट बनेर आएकाले यसलाई आम मतदाताले ख्याल गर्नुपर्ने बताउनुभयो।

‘नेतृत्व मात्र नयाँ आएको विषय सामान्य होला’, उनले भने,‘तर विचारगत पक्षबाट नयाँ भएको गम्भीर विषय हो। यसलाई मतदाताले ख्याल गर्नुपर्छ।’

विगतमा दलहरु मिलेर बनेको गठबन्धनले नागरिकको छनेटको सुविधा साँघुरो बनाएको भन्दै विचार नमिल्ने दलका सदस्यको भोट एकै ठाउँमा राखेर जित्ने परिस्थितिले विचार विजयी भएको मान्ने स्थिति नबनेकाले आफूहरूले त्यो हटाएको बताए।

महामन्त्री पौडेलले नागरिकको अपेक्षानुसार बोझिलो राज्यसंरचनालाई छरितो बनाउनुपर्ने बताए। सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्माले पनि सम्बोधन गरेका थिए।

सम्बन्धित समाचार

अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान

अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका...

यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि

यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि

आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ । मन्त्रालयका...

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

काठमाडौँ। परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले आइतबार...

आज मध्य रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

आज मध्य रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

काठमाडौँ। आज राति १२ बजेदेखि अन्ताराष्ट्रिय सीमा जोडिएका जिल्लाका सीमा नाका बन्द हुने भएका छन्। विहीवार हुने प्रतिनिधिसभा निर्वाचनलाई...