Breaking News

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ।

सुपर एट ग्रुप वानको निर्णायक खेलमा विजय हात पार्दै आयोजक भारत अन्तिम चारमा पुग्ने चौथो टोली बनेको हो। इडेन गार्डेनमा ६७ हजार घरेलु दर्शक अगाडि सामसनले दुई पटकको च्याम्पियन वेस्ट इन्डिजविरुद्ध ५० बलको इनिङ्समा १२ चौका र ४ छक्का प्रहार गरेपछि भारतले १ सय ९६ रनको लक्ष्य ४ बल अगाडि नै १ सय ९९ रन बनाउँदै पूरा गरेको थियो।

अन्तिम ओभरमा विजयका लागि ७ चाहिने अवस्थामा सामसनले रोमारियो सेफर्डको बलमा क्रमशः छक्का र चौका प्रहार गरे। हारपछि वेस्ट इन्डिज भने बाहिरिएको छ। डिफेन्डिङ च्याम्पियन भारतले बिहीबार मुम्बईमा हुने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।

इंग्ल्यान्डले सुपर एट ग्रुप टुको सबै ३ खेल जितेको थियो। अर्को सेमिफाइनल बुधबार कोलकातामा दक्षिण अफ्रिका र न्युजिल्यान्डका बीच हुनेछ। फाइनल आइतबार अहमदाबादमा हुनेछ। भारतले टस जितेपछि ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले अन्तिम ५ ओभरमा ७० रन जोड्दै ठूलो स्कोर बनाएको थियो। विजय लक्ष्य पछ्याउने क्रममा भारतले सुरुआती २ विकेट गुमाएको थियो । ओपनर अभिषेक शर्मा र इशान किसन दुवै समान १० रनमा आउट भए।

भारत ४५ रन बनाउँदा २ विके६ गुमाएको स्थितिमा रहेको समयमा सामसनले कप्तान सूर्यकुमार यादव १८ सँग तेस्रो विकेटमा ५८ रनको साझेदारी गरे। तिलक वर्माले १५ बलमा २७ रन बनाउँदै सामसनसँग मिलेर १५ ओभरमा भारतको स्कोरलाई १४१÷४ मा पुर्‍याए। हार्दिक पाण्ड्याले १७ रन जोडे।

यसअघि जेसन होल्डर र रोभमन पोवेलले पाँचौं विकेटमा ७६ रनको अविजित साझेदारी गरे। वेस्ट इन्डिजले टी–२० कप्तान रोई होपसँगै टेस्ट कप्तान रोस्टन चेजलाई ओपनिङमा पठाएर आश्चर्यजनक निर्णय गरेको थियो। यी दुईले ९ ओभरभित्र पहिलो विकेटमा ६८ रन जोडे। होप ३३ बल खेली ५ चौका र १ छक्का प्रहार गरी ३२ रनमा आउट भए। चेजले २५ बल खेली ५ चौका र १ छक्कासहित ४० रन जोडे।

सिमरन हेटमायरले १२ बल खेली १ चौका र २ छक्कासहित २७ रन बनाए। उनलाई जसप्रित बुमराहले आउट गरेसँगै भारत खेलमा हाबी भएको थियो। तर पोवेलले १९ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३४ र होल्डरले २२ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३७ रन बनाएर वेस्ट इन्डिजलाई राम्रो स्कोरमा पुर्‍याए। त्यस क्रममा भारतले क्रममा ३ क्याच छाडेको थियो।

आइतबार नै भएको अर्को खेलमा जिम्बावेका कप्तान सिकन्दर राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनलाई निस्तेज गर्दै दक्षिण अफ्रिकाले टी–२० विश्वकपको सुपर एट ग्रुप वानमा पाँच विकेटको जित निकालेको छ। सेमिफाइनलमा न्युजिल्यान्डको सामना गर्न अगाडि दक्षिण अफ्रिकाको अपराजित रहेर यो बलियो तयारी पनि रह्यो।

जितका लागि १ सय ५४ रन पछ्याउने क्रममा दक्षिण अफ्रिकाले १७।५ ओभरमा विजयी लक्ष्य पूरा गर्‍यो।

सम्बन्धित समाचार

आजदेखि एकसाता लामो सार्वजनिक बिदा

आजदेखि एकसाता लामो सार्वजनिक बिदा

काठमाडौँ। आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ। फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा आजदेखि लगातार सात...

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...

आज होली, देशभर सार्वजनिक बिदा

आज होली, देशभर सार्वजनिक बिदा

काठमाडौँ। फागुपूर्णिमा अर्थात् होली पर्व आज नेपालका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रंग र लोला खेली मनाइँदैछ।...

अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान

अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका...