समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ।

तराई भूभागका केही स्थानहरूमा तुवाँलो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको भइरहेको छ।

सोमबार तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग सहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

आज होली, देशभर सार्वजनिक बिदा

आज होली, देशभर सार्वजनिक बिदा

काठमाडौँ। फागुपूर्णिमा अर्थात् होली पर्व आज नेपालका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रंग र लोला खेली मनाइँदैछ।...

यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि

यूएई आक्रमण : एक नेपालीको पनि मृत्यु भएको पुष्टि

आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ । मन्त्रालयका...

`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ

`बालेनमाथि गोली प्रहार´भन्दै अपवाह फैलाउने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने व्यक्ति पक्राउ परेका...

आजको मौसमः हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

आजको मौसमः हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम...