इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको संघारमा परेको होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गर्नुभएको छ ।
सोमवार देशवासीको नाममा सम्बोधन गर्दै उहाँले होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गर्नुभएको हो । फागु पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले रङ्गहरूको यस पर्वले समाजमा एकता, सद्भाव र उत्साहको सन्देश दिने तथा नेपालको विविधतालाई मजबुत बनाउने बताउनु भयो ।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल र जिम्मेवारीको समीक्षा समेत गर्नुभएको छ । इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुलाई आफूले मातृभूमिप्रतिको दायित्वका रूपमा लिएको उहाँले बताउनु भयो । आफ्नो कार्यकालभर न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको स्मरण गर्दै उहाँले अबको केही दिनमै देशको बागडोर जनताले चुनेका नयाँ प्रतिनिधिहरूको हातमा सुम्पिने उद्घोष गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ । यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु । यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ । निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् । तर म आग्रह गर्छु– होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ । अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ । आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ ।’
अन्तरिम सरकार आफ्नो मुख्य दायित्व (निर्वाचन गराउने) पूरा गरेर सत्ता हस्तान्तरण गर्न पूर्ण रूपमा तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
-
२.
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
-
३.
मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली
-
४.
इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष
-
५.
सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...
सुनको भाउ फेरि बढ्यो
काठमाडौँ। सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख...
आजदेखि एकसाता लामो सार्वजनिक बिदा
काठमाडौँ। आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ। फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा आजदेखि लगातार सात...
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...




