जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर
काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने १३ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले बताउनुभयो। सर्वोच्च अदालत जलाएको अभियोगमा सुनील श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ ।
श्रेष्ठ, थापा, मगर, पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति पुर्याएको अभियोग पत्रमा उल्लेख छ । त्यस्तै सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशीष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।
त्यस्तै प्रहरी वृत्त बौद्ध जनाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा चलाइएको छ । प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलेको छ ।
सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो । सर्वोच्च प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेर उनीहरूविरुद्ध मुद्दा चलाएको हो। यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय नगरेका महेन्द्र गौतमविरुद्ध पनि अब प्रक्रिया अघि बढ्ने भएको छ।
उनलाई उच्च अदालत पाटनको सरकारी वकिल कार्यालयले मुद्दा चल्ने निर्णय गरिसकेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
धनगढीमा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त, प्रहरीले चलायो ६ राउन्ड हवाई फायर
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन...
मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...




