पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार बताएको छ । आक्रमणले जलालाबादमा रहेको हतियार भण्डार र ड्रोन भण्डारण केन्द्र नष्ट गरेको स्रोतले जनाएको छ ।
पाकिस्तानी सुरक्षा बलले रातभर दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तहरूमा धेरै सीमापार आक्रमणहरू विफल पारेको छ, जसमा कम्तिमा ६७ अफगान लडाकुहरू मारिएका छन्, पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले मंगलवार बताउनुभयो ।
पाकिस्तान वायुसेनाले आईतवार बिहानको कारबाहीमा बाग्राम एयर बेसमा आक्रमण गरेको सुरक्षा अधिकारीहरूले मंगलवार पुष्टि गरेका छन् । अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारिज्मीले मंगलवार काबुलमा आयोजित पत्रकार सम्मेलनमा एयर बेसमा भएको आक्रमणको पुष्टि गर्नुभयो ।
आक्रमणबाट कुनै हताहती नभएको र कुनै महत्वपूर्ण क्षति नभएको ख्वारिज्मीले बताउनु भयो । जसले युद्ध अफगानिस्तानको रुचाइएको बाटो नभएको कुरामा जोड दिनुभयो ।
ताजा अपडेट
-
१.
निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा
-
२.
पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ
-
३.
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
-
४.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
-
५.
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
ट्रेन्डिङ
सम्बन्धित समाचार
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र...
चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...




