Breaking News

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
निर्वाचनमा दिइने भोट केवल एक मत मात्र नभई नागरिकमा निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको उल्लेख गर्दै उहाँले सही उम्मेदवार छनोट गर्न सुझाव दिनुभएको हो । मतदातालाई सचेत गराउँदै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले उम्मेदवारले मतदाताको महत्वपूर्ण अधिकार कसरी प्रयोग गर्छ र त्यो अधिकार प्रयोग गर्नसक्ने हैसियत राख्छ कि राख्दैन भन्नेकुरामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

उम्मेदवारले व्यक्ति र मुलुकको भविष्य कसरी बनाउँछ भन्नेकुरामा आफू पूर्णरुपमा विश्वस्त भएपछि मात्रै उम्मेदवारलाई ‘फिल्टर’ गरेर भोट हाल्न उहाँले आग्रह गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पोखरेलले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चारमाध्यमको भुमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनु भयो । सञ्चारमाध्यमले भ्रम, अफवाह र गलत सूचनाहरुलाई नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले सञ्चारकर्मीहरुलाई आफ्नो आचरण र परिधिभित्र रहेर काम गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आम मतदातालाई मेरो आग्रह के छ भनेदेखि तपाईंले यो निर्वाचनमा आफ्नो एउटा भोट मात्रै हाल्नुभएको छैन । त्यो मत त्यो भोटमार्फत, त्यो मतमार्फत तपाईंमा अन्तर्निहित सार्वभौम सत्ता अधिकार प्रतिनिधिलाई प्रत्यायोजन गर्दै हुनुहुन्छ । तपार्ईंको त्यो महत्वपूर्ण अधिकार उसले कसरी प्रयोग गर्छ, उसले त्यो प्रयोग गर्नसक्ने हैसियत राख्छ कि राख्दैन रु त्यो उम्मेदवारले तपाईंको भविष्य अथवा मुलुकको भविष्यलाई कसरी बनाउँछ भन्ने लाग्छ तपार्ईं जहाँ कन्भिन्स हुनुहुन्छ । त्यस्तो आफूले फिल्टर गरेर मात्रै आफ्नो अमूल्य मताधिकारलाई प्रयोग गर्नुस् । सबभन्दा भुमिका मिडियाको छ । भ्रम, अफवाह, गलत सूचनाहरुलाई तपाईंहरु कन्ट्रोल गर्दिनुस्, आफ्नो आचरण भित्र बस्दिनुस् र कसरी निर्वाचनको शुद्धता कायम गर्न सकिन्छ तपाईंहरुका सब प्रयासहरु त्यस दिशातर्फ केन्द्रित हुन् सबैलाई मेरो यही आग्रह छ ।’

निर्वाचनमा खसालिने एउटा मत केवल प्राविधिक प्रक्रिया मात्र नभई मतदातामा अन्तर्निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र...

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...