Breaking News

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो । त्यसअघि फागुन १८ गते सोमवार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो । यस्तै २३ गते शनिवार प(यो । यस आधारमा एक साता सार्वजनिक बिदा भयो । अझ महिलाहरुका लागि फागुन २४ गते नारी दिवसको बिदा छ ।

करिव ८० दिन भन्दा बढी २०८२ मा दिने निर्णय गरेको सरकारले आगामी २०८३ सालमा शनिवार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी १०९ दिन सार्वजनिक बिदा दिँदैछ । कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ । सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ । जसअन्तर्गत २०८२ मा शनिवार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ । त्यस्तै, पर्व बिदा सबैले पाउँछन् ।

महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती र दिवसमा कतिपय देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि बिदा निर्धारण गरिएको छ । यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न पाउँछन् । प्रदेश र स्थानीय सरकारले पनि आआफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउँछन् ।

यसरी अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ । सार्वजनिक विदाका कारण मजदुरहरु काममा नआउने, सरकारी कामहरु समेत नहुँदा समस्या पर्न थालेको निजी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक विदाहरु अत्याधिक हुँदा काममा असर पर्न थालेको बताउनु भयो ।
उहाँकाअनुसार भुगोल र जनसंख्याको हिसावले नेपाल सानो भएपनि सार्वजनिक बिदा दिन प्रचलन बढी हुँदा यसको असर काममा पर्न थालेको छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक विदा धेरै हुन थालेको उहाँको भनाइ छ ।

अध्यक्ष सिंहले भन्नुभयो–‘भुगोल र जनसंख्याको हिसावले नेपाल धेरै नै सानो छ । भारत र चीनभन्दा ३०÷३५ गुणा जनसंख्याको आधारमा नेपाल सानो छ । सानो देशमा धेरै नै विविधता छ । त्यो विविधताको सम्मान गर्नुपर्छ । तर त्यो सम्मान गर्दै गर्दा मुलुकको अर्थतन्त्र संकुचनमा ल्याउने, मुलुकको जीडीपी, आर्थिक वृद्धिलाई घटाउने र हाम्रो प्रगतिलाई बाधा गर्नेगरी धेरै सार्वजनिक बिदा हुने गरेको छ । जुन समुदायलाई बिदा दिनुपर्ने हो त्यो समुदायलाई मात्रै अब बिदा दिनुपर्छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक बिदा धेरै भइरहेको छ । धेरै भाषाभाषी संस्कृति छौँं बिदा दिएर मात्रै मनाउने भन्ने हुँदैन । शहीद दिवसका दिन पनि बिदा दिइन्छ । बिदा दिन जरुरी छैनन् । अब काम गरेर कार्यक्रमहरु पनि गर्दै जानुपर्छ । बिदाहरुका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडी धकेलिरहेका छौँ । बिदाका कारण सरकारी कार्मचारी घर बसदिँदा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको छ । निर्माण क्षेत्रमा केही काम सार्वजनिक बिदामा भएपनि धेरै मजदुरले हामीले चाडपर्व मान्नुपदैन भनेर भन्ने गरेका छन् । त्यसले पनि समस्या पार्ने गरेको छ ।’

विदाहरुका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडी धकेलिरहेको बताउँदै उहाँले विदाका कारण सरकारी कार्मचारी घर बसदिँदा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको उहाँले बताउनु भयो ।
निर्माण क्षेत्रमा सार्वजनिक विदाहरुले काम गर्न धेरै कठिन भइरहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान

निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न...

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँः गृहमन्त्री

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँः गृहमन्त्री

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...