Breaking News

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।

बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी हुन्। प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो।

बिहीबार प्रतिनिधि सभाको निर्वाचन हुँदै छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, बुधबार दिउँसो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि चुनावी तयारीबारे छलफल भएएको थियो। बैठकमा निर्वाचन तयारी, शान्ति सुरक्षा लगायतका विषयमा छलफल भएको थियो।

सरोकारवाला निकायबाट निर्वाचन तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्री कार्की शीतलनिवास पुग्नुभएको हो। निर्वाचनको तयारीसँगै समसामयिक राजनीतिक अवस्थाबारे पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच छलफल भएको जनाइएको छ।

सम्बन्धित समाचार

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

चितवन । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी...