निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे
काठमाडौं। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १९५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएकामध्ये १०३ जनालाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये १७ जनालाई छाडिएको र १७ जनालाई हिरासतमा राखिएको जानकारी दिनुभयो।
यसैगरी, निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका १६० जनामध्ये आज रातिसम्ममा ८६ जनालाई छाडिएको र बाँकी ७४ जनालाई हिरासतमा राखिएको उहाँले बताउनुभयो।
यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका उम्मेदवारलाई बधाई दिएको भनेर भिडियो बनाउने एक जनालाई पनि पक्राउ गरिएको छ।
निर्वाचन सुरक्षा व्यवस्था देशभर नै चुस्त रहेको र उच्च मनोबलका साथ प्रहरी टोली निर्वाचनस्थलमा तैनाथ रहेका प्रवक्ता काफ्लेले बताउनुभयो।
“कतैकतै होक्स बम देखिए पनि गम्भीर सुरक्षा चुनौती कतै पनि देखिएको छैन। निर्वाचन सुरक्षामा आवश्यकताका आधारमा कुकुर, ड्रोनसहितको टोली परिचालन गरिएका छन् । आधुनिक प्रविधिमार्फत निर्वाचनको सूक्ष्म निगरानीसमेत भइरहेको छ”, उहाँले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...
निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...




