Breaking News

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुङ्गो लाग्नेछ ।

जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाएर एकीकृत सुरक्षा योजना लागु गरेको छ । मतदान सुरु भएसँगै हरेक मतदान स्थल र संवेदनशील ठाउँमा चारवटै सुरक्षा निकायको एकीकृत फौज परिचालन गरिएको छ ।

निर्वाचनको सुरक्षामा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा योजना अनुसार चुनावको सुरक्षामा ७९ हजार सेना फिल्डमा परिचालिन छन् । निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीले ३१ हजार जनशक्ति परिचालन गरेको छ । राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ८ सय जनशक्ति फिल्डमा सूचना सङ्कलनको लागि खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्ले भन्नुभएको छ, ‘करिब साढे ३ लाख सुरक्षाकर्मी आज फिल्डमा छन् ।’

प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको छ । नेपालको गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षा संकलन गर्ने जिम्मेवारी पाएको छ ।
एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा प्रहरी पहिलो घेरामा, सशस्त्र प्रहरीका सुरक्षाकर्मी दोस्रो घेरामा र सेना तेस्रो घेरामा खटिएका छन् । यसरी एकीकृत फौजले मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा गर्नेगरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...