देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी
काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मध्यान्हपछि मतदानको प्रतिशत बढेको जानकारी दिनुभयो ।
प्रवक्ता भट्टराईले बिहानीपख हिमाली तथा पहाडी जिल्लामा मतदानको प्रतिशत कम देखिए पनि दिउँसो हुदैँगएपछि मतदान प्रतिशत बढेको जानकारी दिनुभयो।
‘अहिलेसम्म झण्डै २५ प्रतिशत मत खसेको छ,’ भट्टराईले भन्नुभयो, ‘तर प्रत्येक मिनेटमा प्रतिशत बढेको छ । साँझसम्म हामी कति प्रतिशत मत खस्यो भन्ने जानकारी गराउँछौ ।’
आयोगले मतदानमा मतदाताको उपस्थिति उत्साहजनक भएको पनि दाबी गरेको छ । आयोगले सर्लाहीलगायतका केही स्थानमा केही समय मतदान रोकिए पनि सहजीकरणपछि पुनः सञ्चालन भएको जनाएको छ ।
ओखलढुंगा र दाङलगायतका केही क्षेत्रमा मतदान बहिस्कार गरेको खबर आए पनि ति क्षेत्रमा सहजीकरण भइरहेको आयोगले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार मुस्ताङमा ४० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ
रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...
कैलालीमा वडाध्यक्षमाथि कुटपिट
कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...




