Breaking News

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको छ ‘हामी चाँडै सत्ता हस्तान्तरण गर्छौं किनभने नयाँ सरकारसँग युवाको धेरै अपेक्षाहरू छन्।’

बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उहाँले यस्तो बताउनुभएको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार यस पटकको निर्वाचनमा कुल मतदाताको करिब ४० प्रतिशत हिस्सा १८ देखि ३५ वर्ष उमेर समूहका युवा हुनुहुन्छ।

प्रधानमन्त्रीले जाँचबुझ आयोग लगायतका अन्य बाँकी प्रतिवेदनहरू सार्वजनिक (डिस्क्लोज) गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। ‘अब हामी प्रतिवेदन बुझ्छौँ र सार्वजनिक गर्ने प्रयास हुन्छ। यही अवधिमा हामी यी काम गर्नेछौँ,’ उहाँले भन्नुभयो।

गत २३ र २४ भदौमा भएको जेनजीआन्दोलन क्रममा भएका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो। तेस्रो पटक थपिएको आयोगको म्याद २७ फागुनमा सकिँदैछ।

सम्बन्धित समाचार

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...