सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ।
बिहीवार आईजीपी अर्यालले सबै सुरक्षानिकाय, गृह मन्त्रालय र सरकारको दृढ अठोटका कारण सुरक्षा व्यवस्थापन प्रभावकारी भएको बताउनुभयो।
उहाँले गृहमन्त्रीदेखि सिपाहीसम्मका सुरक्षाकर्मीले जिम्मेवारीपूर्वक काम गरेको उल्लेख गर्नुभयो। निर्वाचनले देशको भविष्य र राष्ट्रको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सबै निकायले समन्वय गरेर काम गरेको बताउनुभयो।
उहाँले विभिन्न चुनौती र विषम परिस्थितिको सामना गर्नुपरे पनि सुरक्षानिकायले ती समस्याको विश्लेषण गर्दै एकीकृत सुरक्षा योजनानुसार काम गरेको बताउनुभयो। उहाँले सुरक्षानिकायहरू जस्तोसुकै चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गरेको कथन छ।
अर्यालले भन्नुभयो, ‘हामीले निकै चुनौती सामना गर्नुपर्यो। एकदमै विषम परिस्थिति थियो। देखापरेका चुनौतीलाई हामीले राम्रोसँग केलायौँ। कसैले पनि समयमा निर्वाचन हुँदैन भन्थे। हामीले सबैलाई बुझाउने कोसिस गर्यौँ। आज नेपालका सुरक्षानिकायहरू जस्तोसुकै समस्या समाधान गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित भएको छ।’
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...
निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...




