रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
काठमाडौं। २१ फागुनको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ । काठमाडौं– १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) विजयी भएकी छन् । उनी १४ हजार ४९१ मतसहित विजयी भएकी हुन् ।
काठमाडौं– ८ बाट रास्वपाकै विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन्। केही मत गणना बाँकी भए पनि मतान्तरले अवस्थाले यी दुवै उम्मेदवार विजयी हुने पक्का भएको हो ।
रञ्जु पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन् । यसअघि जितेका विराजभक्त सोही क्षेत्रबाट यसपटक पनि जित्ने पक्का भएका हो ।
विराजभक्त २०७९ मा १० हजार ११२ मत ल्याएर विजयी भएका थिए । सुमन सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।
काठमाडौं १ मा २०७९ मा कांग्रेसका प्रकाशमान सिंह १२५ मतान्तरले विजयी भएका थिए । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान
काठमाडौं। प्रतिनिधिसभा सदस्य चुनावको मत गणनाको प्रारम्भिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हावी भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित देशका...
चितवन २ मा रविको फराकिलो अग्रता
भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन्...
टी २० विश्वकप २०२६ : इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा, न्युजिल्यान्डसँग उपाधि भिडन्त
काठमाडौं। इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा स्थान बनाएको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डमाथि ७ रनको...
निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...




