प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
काठमाडौं। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा शुक्रबार अपरान्हसम्म १६५ निर्वाचन क्षेत्र मध्ये १०९ क्षेत्रमा मतगणना जारी छ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक ठाउँमा जितेको छ भने ८१ क्षेत्रमा अग्रता लिएको छ। यस्तै नेपाली कांग्रेसले १ क्षेत्रमा जित्दा ६ सिटमा अगाडि छ भने एमालेले ८ र नेकपाले ८ सिटमा अग्रता लिएको छ। राष्ट्रिय प्रजान्त्र पार्टीले १, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीले १ र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा अग्रता लिएको अवस्था छ।
झापा –५ मा रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार वालेन्द्र शाह ५, हजार २५४ मत प्राप्त गर्दा एमालेका अध्यक्ष केपी शर्मा ओली १,२ सय ४८ मत पाएर पछ्याइरहेका छन्। ओलीभन्दा बालेन ४ हजार ६ मतले अगाडि छन्।
नेपाली कांग्रेसका सभापति गगन थापा पनि सर्लाही ४ मा रास्वपाका अमरेश सिंहसँग पछाडि परेका छन्। सिंहले १,२३९ मत पाउँदा थापाले ७६८ मत पाएको अवस्था छ।
यता रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने जित नजिक छन् । उनले ६ हजार ८२० पाउँदा एमालेका लिलामणि गौतम २ हजार ७५६ मत प्राप्त गरेर पछ्याइरहेका छन्। ४ हजार ६४ मतले प्रचण्डको अग्रता छ।
चितवन – २ मा रास्वपाका सभापति रवि लामिछानेले १० हजार ८२२ मत पाएका छन्। लामिछानेले ७ हजार ५९५ मत अगाडि छन् भने कांग्रेसकी मिना कुमारी खरेलले ३ हजार २२७ ल्याएर पछ्याइरहेकी छन्।
रौतहट १ मा नेकपाका सहसंयोजक माधव नेपालले ४५४ मत मात्र पाउँदा रास्वपाका राजेश कुमार चौधरीले १,८ सय ७ मत पाएका छन्।
सुरुवाती मतगणनामा नेपाल १,३ सय ५३ मतले पछाडि परेका छन्।
म्याग्दी – १ मा स्वतन्त्र उम्मेदवार महावीर पुन महावीर पुनले २ हजार ३९१ पाएका छन्। उनी १,२ सय ३७ले एमाले स्वतन्त्र हरिकृष्ण श्रेष्ठभन्दा अगाडि छन्।
काठमाडौं ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि ३ हजार ६३६ मतले पछाडि परेका छन्। रास्वपाका राजु पाण्डेले ९ हजार २३ मत पाउँदा कुलमान घिसिङले ५ हजार ३८७ मत मात्र पाएका छन्।
तनहुँ–१ मा पनि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले अग्रता फराकिलो बनाएका छन्। स्वर्णिम वाग्ले स्वर्णिम वाग्लेले ४ हजार ९१७ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले २ हजार १३६ मत पाएका छन्।
नेकपा एमाले महासचिव शंकर पोखरेल पनि पछाडि परेका छन्। रास्वपाका सहमहामन्त्री विपीन आचार्यले २ हजार ४४३ मत पाउँदा ५ सय ९४ मात्र पाउका छन्। पोखरेल १,८ सय ४९ मतले पछाडि परेका छन्।
यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रास्वपाका सुलभ खरेलसँग १३ हजार २७१ मतले पछाडि परेका छन्। रास्वपाका खरेलले १६ हजार ७८८ मत पाउँदा पौडेलले ३ हजार ५१७ मत मात्र पाएका छन्।
कोशी प्रदेशका २८ क्षेत्र मध्ये रास्वपा १३ सिटमा अगाडि छ भने एमाले २ सिट र १ सिटमा श्रम संकृति पार्टी अगाडि छ। बाँकी केही क्षेत्रमा मतगणना सुरु भएको छ भने केही क्षेत्रमा बाँकी छ।
यस्तै मधेस प्रदेशका ३२ मध्ये मतगण्ना भएका १८ सिटमा रास्वपा अगाडि छ। बागमती प्रदेशका ३३ क्षेत्र मध्ये १९ सिटमा रास्वपा अगाडि छ भने कांग्रेस र नेकपा १–१ क्षेत्रमा अगाडि छन्। बाँकी क्षेत्रमा क्षेत्रमा मतगणनाको अपडेट आइसकेको छैन।
यस्तै गण्डकीका १८ सिट मध्ये ९ मा रास्वपा अगाडि छ भने कांग्रेस, एमाले र स्वतन्त्र १–१ क्षेत्रमा अगाडि छन्। बाँकी क्षेत्रको मतगणना अपडेट आइसकेको छैन।
यस्तै लुम्बनी प्रदेशका २६ क्षेत्र मध्ये १५ सिटमा रास्वपा अगाडि छ भने कांग्रेस, एमाले र नेकपा २–२ सिटमा अगाडि छन्। बाँकी क्षेत्रको मतगणना अपडेट आइसकेको छैन।
कर्णाली प्रदेशका १२ क्षेत्र मध्ये कांग्रेस र नेकपाले २– २ सिटमा लिड गर्दा एमाले एमाले र राप्रपाले १ सिटमा अगाडि छन्। बाँकी क्षेत्रमा मतगणनाको अपडेट आइसकेको छैन। सुदूरपश्चिम प्रदेशका १६ सिटमा रास्वपाले ५ सिटमा अग्रता लिएको छ भने नेकपा ३ सिटमा अगाडि छ भने एमाले १ सीटमा अगाडि छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
सम्बन्धित समाचार
काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे...
समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले...
मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम...
काठमाडौं ६ मा शिशिर खनाल विजयी
काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल पुन: निर्वाचित भएका छन्। खनाल २७ हजार ७१९...




