दुईतिहाई बहुमततिर रास्वपा!
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा हाबी हुँदै दुई तिहाइ बहुमततर्फ अग्रसर भइरहेको छ ।
निर्वाचनको आयोगको पछिल्लो परिणाम अनुसार अहिलेसम्म रास्वपाले ३९ ठाउँमा जित निकालिसकेको छ भने ८३ ठाउँमा अग्रता लिइरहेको छ । अग्रता भएका अधिकांश ठाउँमा भारी मतान्तर भएकाले जित्ने सुनिश्चित छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ५ स्थानमा जित्दा ११ ठाउँमा अग्रता लिएको छ । नेकपा एमालेले २ ठाउँमा जित्दा ८ ठाउँमा अग्रता, नेपाली कम्युनिस्ट पार्टी २ ठाउँमा जित्दा ७ ठाउँमा अग्रता लिएको छ ।
यीबाहेक श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक ठाउँमा अग्रता लिएको छ । अहिलेसम्म म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भए ।
सम्बन्धित समाचार
पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ ।...
रवीन्द्र मिश्रले छाडे राप्रपा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त...
एमालेले कहाँ कहाँ लियो अग्रता?
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र...




