Breaking News

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार, आलम २९ हजार ५२८ मत प्राप्त गरेर सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्।

फिरदोश पूर्वमन्त्री मोहम्मद आफताब आलमका छोरा हुन्। मधेस प्रदेशमा कांग्रेसले जितेको यो एक मात्रै सिट हो। मतगणना भइरहेको बाँकी सिटमा पनि कांग्रेस पछाडि रहेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का शेख सगिरले ९ हजार ३२५, जसपा नेपालका रामअशिष राय यादवले २ हजार ९६०, नेकपा ९एमाले०का महम्मद अउतिउल्लाहले २ हजार ३८२ र आम जनता पार्टीका श्रीभगवान राउत कुर्मीले १ हजार ८२५ मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...

उपत्यकाको १५ क्षेत्र नै रास्वपाको कब्जा

उपत्यकाको १५ क्षेत्र नै रास्वपाको कब्जा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यका अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ क्षेत्रमै निर्वाचन जितेको छ । काठमाडौँका...

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...