Breaking News

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२ स्थानमा विजय हासिल गरेको छ। २३ स्थानमा अग्रता बनाएको छ। यस्तै नेपाली कांग्रेसका उम्मेदवार १५ स्थानमा निर्वाचित हुँदा दुई निर्वाचन क्षेत्रमा अग्रता कायम छ। नेकपा एमालेले सात स्थानमा जित हासिल गर्दा तीन ठाउँमा अग्रता कायम गरेको छ।

नेपाली कम्युनिस्ट पर्टीले पनि ६ स्थानमा जीत र एक स्थानमा अग्रता कायम गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी एक/एक स्थानमा विजयी भएको छ।  समानुपातिकतर्फको मतगणना पनि धमाधम भइरहेको छ। निर्वाचन आयोगका अनुसार २४ लाख ८२ हजार ६१० मत गणना सकिएको छ।

रास्वपाले १२ लाखको आकडा कटाउँदै पहिलो बनेको छ। उसले १२ लाख ५३ हजार ९४७ मत ल्याएको छ। यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले चार लाख २३ हजार ६७४, एमालेले तीन लाख ३६ हजार ५३९ तथा नेकपाले एक लाख ६५ हजार १६९ मत ल्याएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ९० हजार ८२५, श्रम संस्कृति पार्टीले पनि ५० हजार ४९८ मत ल्याएको छ। यसअनुसार रास्वपाले दुई तिहाई नजिकको आंकडासहित सरकार बनाउने पक्कापक्की भएको छ भने कांग्रेस र एमाले इतिहासकै कमजोर अवस्थामा पुगेका छन्।

सम्बन्धित समाचार

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित

काठमाडौँ । ओखलढुंगाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन्। रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई...

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...