कम्युनिस्ट एकता गर्न घनश्याम भुसालको आह्वान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन, एकीकरण र पुनर्जागरणबारे छलफल चलाउन, सङ्गठित हुन र आवश्यक पहलकदमी लिनका अपिल गरेको छ ।
आइतबार बसेको उक्त पार्टीको निर्वाचन परिचालन कमिटी, सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जनाउनुभएको छ ।
बैठकपछि भुसालले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक निर्वाचनमा रास्वपाले सफलताका लागि बधाई ज्ञापन गरिएको छ । साथै, लोकतान्त्रिक स्थिरता, मुलुकको स्वाधीनता र जनताको समृद्धिका आकाङ्क्षालाई कार्यान्वयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सफलता मिलोस् भन्ने कामनासमेत गरेको छ ।
‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, एकीकरण र पुनर्जागरणको आवश्यकताबारे आम जनसाधारण तथा कार्यकर्ताको चासो र चिन्ताबारे हामी सबै जानकार छौँ’, नेकपा संयुक्तले भनेको छ, ‘यस परिस्थितिमा कम्युनिस्ट आन्दोलनको गौरवलाई बचाउन र अगाडि बढाउन देशभरिका सबै कम्युनिस्टहरू विशेष रुपले गम्भीर हुन हाम्रो पार्टी आह्वान गर्दछ।
त्यसका लागि विगतको वस्तुनिष्ठ समीक्षा गर्न, कमजोरीहरुको खुला खुलस्त आत्मालोचना गर्न र कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन, एकीकरण र पुनर्जागरणबारे छलफल चलाउन, सङ्गठित हुन र आवश्यक पहलकदमी लिनका लागि सम्बन्धित सबैमा हार्दिक अपिल समेत गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...




