Breaking News

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, चक्रे मिलन चौथो

काठमाडौं। गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई दोब्बर बढी मतले पछि पार्दै बुर्लाकोटी विजयी बनेका हुन् ।

बुर्लाकोटीले २६ हजार ६६० मत ल्याउँदै गर्दा दवाडीले ११ हजार ७०० मत मात्र प्राप्त गरेका छन् । ११ हजार ७३ मत ल्याउँदै नेकपाका लेखनाथ न्यौपाने तेस्रो स्थान हासिल गरेका छन् ।

एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले भने ३ हजार ८७ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

१ लाख ८ हजार ५३३ मतदाता रहेको सो क्षेत्रमा कुल ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ३ हजार ९ मत बदर भएको छ ।

 

 

सम्बन्धित समाचार

राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै

राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि...

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख मत कटाएको छ।  हालसम्म...

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७...

करिब दुई सातापछि नयाँ सरकार

करिब दुई सातापछि नयाँ सरकार

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ ।...