Breaking News

समानुपातिक मतगणना : ७६ लाख मत गणना गर्दा रास्वपाको मात्रै ३६ लाख ७८ हजार, एमालेको कति?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थानमा छ । यो कूल सदरमतको ४८।४६ प्रतिशत हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६।१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३।८३ प्रतिशत हो । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७।११ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ३९ हजार ५२९ मत छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५९ हजार ५८ मत पाएको छ । यो कूल सदर मतको ३।४१ प्रतिशत हो ।

श्रम संस्कृति पार्टीले पनि ३।१८ प्रतिशत मत पाएको छ । पार्टीको २ लाख ४१ हजार १६५ मत छ ।

 

सम्बन्धित समाचार

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...

कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?

कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। कूल १ करोड १० लाखको हाराहरीमा...