Breaking News

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डविरुद्ध चारसहित कुल १४ विकेट लिए । योसँगै यसपालि सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनले आफूलाई सूचीकृत गराएका हुन् । यसक्रममा आठ इनिङ खेलेका बुम्राहले १६८ बल फ्याँक्दा १७४ रन खर्चिए ।

उनीसँगै रन धेरै खर्चिएपछि भारतकै बलर वरुन चक्रवर्ती यस संस्करण सर्वाधिक विकेट लिने क्रिकेटरको सूचीमा दोस्रो स्थानमा रहे । उनले समान १४ विकेट लिए पनि नौ इनिङमा १८६ बल फ्याँक्दा २८७ रन खर्चिए ।

अमेरिकाका साड्ली भान स्काल्वक यस संस्करण सर्वाधिक विकेट लिने तेस्रो क्रिकेटर बने । उनले चार खेल खेलबाट १३ विकेट लिँदै यो कीर्तिमान रचेका हुन् । उनले यसक्रममा ८९ बल फ्याँक्दा १०१ रन खर्चिए। यस्तै, जिम्बाब्वेका ब्लेसिङ मुजरबानी यस संस्मरण सर्वाधिक विकेट लिने चौथो क्रिकेटर बने । समान १३ विकेट लिएका मुजरबानीले आठ खेलमा १४३ बल फ्याँक्दा १८८ रन खर्चिए ।

ब्लेसिङपछि यो सूचीमा इंग्ल्यान्डका आदिल रसिद पाँचौँ स्थानमा छन् । समान १३ विकेट लिएका आदिलले आठ खेलमा १८४ बल फ्याँक्दा २५० रन खर्चिए ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा यस वर्ष भएको विश्वकपको १०औँ संस्करण साबिक विजेता समेत रहेको भारतले न्युजिल्यान्डलाई ९६ रनले हराउँदै जितेको छ । योसँगै भारत तीनपटक उपाधि जितेपछि आईसीसी विश्वकपको इतिहासमा सबैभन्दा सफल टोली बनेको छ ।

सम्बन्धित समाचार

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका...

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

झापा। झापा क्षेत्र नम्बर ५ स्थित गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई उनकै घरमा कुटपिट गरिएको छ । सार्वजनिक भएको...

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४...

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो छ भने...