बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।
फागुन २१ गते भएको निर्वाचनमा शाह झापा–५ बाट अत्यधिक मतले विजयी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनले निर्वाचन कार्यालय झापामा सोमबार खर्च विवरण बुझाएका हुन्।
विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २८९ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी वडास्तरीय प्रचार कार्यक्रममा पाँच लाख ८० हजार खर्च भएको छ । दुईवटा सवारी साधनमा प्रयोग बापत दुई लाख ९३ हजार ८०० खर्च भएको विवरणमा उल्लेख छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम
काठमाडौँ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ। एउटा ट्रक बिग्रिएपछि सडक...
समानुपातिकको मत गणना अन्तिम चरणमा, बुधबार सक्ने तयारीमा
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। मंगलबार आयोगले यसबारे जानकारी...
यस्तो भवनमा लिदैछन् नवनिर्वाचित सांसदले शपथ [तस्बिरहरू]
काठमाडौं। गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ सांसद सदन छिर्दैछन्। नियमित रूपमा चल्ने बैठक प्रतिनिधिसभाको नयाँ बानेश्वरको...
यस्तो छ पुकार बमको खर्च विवरण
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण...




