Breaking News

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा एक्लैले १२५ सिट जित्दै ठूलो दलका रूपमा उदाएको मात्रै छैन, समानुपातिकतर्फ पनि लाेकप्रिय मत ल्याइरहेकाे रास्वपा दुईतिहाइ नजिक पुगेको छ।

रास्वपाले देशका विभिन्न ३९ जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित निकाल्दै ‘क्लिन स्वीप’ नै गरेकाे छ। प्राप्त परिणामअनुसार रास्वपाले काेशी प्रदेशका झापा, मोरङ, मधेशका सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सामा क्लिन स्वीप गरेको छ।

यस्तै बागमती प्रदेशकाे काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, मकवानपुर, चितवन, गण्डकीकाे तनहुँ, कास्की, बागलुङ, नवलपरासी (पूर्व), लुम्बिनीकाे नवलपरासी (पश्चिम), रुपन्देही, दाङ, बर्दिया, सुदूरपश्चमकाे कैलाली र कञ्चनपुरलगायत जिल्लाका सबै निर्वाचन क्षेत्र रास्वपाले जितेको छ।

झापाका पाँचै, मोरङका सबै ६, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। त्यसैगरी काठमाडौंका १० वटै निर्वाचन क्षेत्र जित्दै राजधानी क्षेत्रमा पनि रास्वपाले बलियो उपस्थिति देखाएको छ। ललितपुरका तीनै तथा भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा पनि रास्वपाले जित हात पारेको छ।

त्यस्तै चितवनका तीनै, तनहुँका दुई, कास्कीका तीन, बागलुङका दुई, नवलपरासी (पूर्व) का दुई, नवलपरासी (पश्चिम) का दुई तथा रूपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्। दाङका तीनै, बर्दियाका दुई, कैलालीका पाँचै र कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ।

दुई-दुई निर्वाचन क्षेत्र रहेका उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, स्याङ्जा, नुवाकोट र गोरखामा पनि रास्वपाले सबै सिट जितेको छ। यसैगरी एक मात्र निर्वाचन क्षेत्र रहेका ओखलढुङ्गा, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, डडेल्धुरा र बैतडीमा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्।

सम्बन्धित समाचार

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...

कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?

कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। कूल १ करोड १० लाखको हाराहरीमा...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...