१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड २ लाख २८ हजार ५ सय ६७ मत गणना भइसकेको छ ।
समाचार तयार पार्दासम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४९ लाख १५ हजार ४ सय ७८ मत प्राप्त गरेको छ । यो सँगै रास्वपा समानुपातिकतर्फ ५० लाख मतको ऐतिहासिक आँकडाको निकै नजिक पुगेको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १६ लाख ६४ हजार ४ सय ६२ मत प्राप्त गरेको छ भने नेकपा एमाले १३ लाख ८२ हजार ९ सय ८० मतका साथ तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४७ हजार ३ सय ३१ मत प्राप्त गरी आफूलाई चौथो स्थानमा कायम राखेको छ ।
अन्य दलहरूतर्फ श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ९० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालको पक्षमा १ लाख ६७ हजार ९१५ मत खसेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




