मार्च २ यता लेबनानमा इजरायली हवाई आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु
लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनले बताएअनुसार मार्च २ यता लेबनानभर इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको छ । जसमा ८३ बालबालिका र ४२ महिला रहेका छन् भने अन्य १ हजार १ सय ३० जना घाइते भएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नसरेद्दिनले घाइतेहरूमा २५४ बालबालिका र २७४ महिला रहेको बताउनु भयो । धेरैजसो आक्रमणले आवासीय क्षेत्र र नागरिक सुविधाहरूमा प्रहार गरेको छ । दक्षिणी र पूर्वी लेबनानमा विगत ४८ घण्टामा धेरै घातक घटनाहरू रेकर्ड गरिएका छन् ।
बेका उपत्यकामा भएको एक आक्रमणमा एउटै परिवारका छ जना सदस्य – चार बालबालिका र उनीहरूका आमाबाबु – मारिएका थिए । जबकि शहर र गाउँहरूमा भएका अन्य आक्रमणहरूले धेरै हताहत गराएका छन् । नसरेद्दिनले यो पनि भने कि उद्धार कार्यमा खटिएका बेला आपतकालीन र चिकित्सा टोलीहरूलाई प्रत्यक्ष निशाना बनाइएको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार लेबनानी रेडक्रसका प्यारामेडिकहरू, नागरिक सुरक्षा टोलीहरू र अन्य आपतकालीन उद्धारकर्ताहरूसहित नौ स्वास्थ्यकर्मी मारिएका छन् र अन्य १६ जना घाइते भएका छन् । नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएयता हिजबुल्लाहले गत हप्ताको सोमवार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु
अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु...
इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...




