Breaking News

कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन

धनगढी। कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान ३० वर्षीय सन्देशबहादुर चनाराको मृत्यु भएको हो। सोही कार्यालयको छतबाट खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कैलाली प्रहरीका प्रवक्ता एवं डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो।

सोमबार राति ११ करिब बजे चनारालाई अर्का सुरक्षाकर्मीले लडेको अवस्थामा भेटेका थिए। अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

बझाङका बासिन्दा चनारा ६ महिनायता उक्त कार्यालयमा कार्यरत थिए । उनको मृत्यु घटनाका विषयमा थप छानबिन गर्न डीएसपी तिमिल्सिनाको संयोजकत्वमा समिति बनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा...

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...

१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत

१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...