Breaking News

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी निकाय द फुटबल एसोसियनस (एफए)ले गत फ्रेब्रुअरी १ मा सम्पन्न टोटनहमविरुद्धको खेलबारे रोड्रीले आपत्तिजनक टिप्पणी दिएको जनाउँदै उक्त रकम जरिवाना तिराएको हो ।

एफएले रोड्रीले खेलपश्चात पोस्ट म्याच कन्फेरेन्समा रेफ्री र म्याच अफिसियलहरूको प्रतिष्ठामा आँच आउने र खेलको भावनाविपरीत तरिकाबाट प्रस्तुत भएको पनि स्वीकार गरेको जनाएको छ ।

स्पेनका राष्ट्रिय खेलाडीसमेत रहेका उनले खेलका रेफ्री रोबर्ट जोन्समाथि तटतस्थ नभएको आरोप लगाएका थिए ।

रोड्रीले खेलपछि टोटनहमका डोमिनिक सोलांकेलाई दिइएको विवादास्पद गोलप्रति असन्तुष्टि पोखेका थिए ।

सम्बन्धित समाचार

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको...

कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन

कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन

धनगढी। कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान ३० वर्षीय सन्देशबहादुर...

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा...

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...